पछिल्लाे २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि, ४ संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो । १८ हजार ७८ पीसीआर परीक्षणमा ९ हजार ५०२ जना र ५ हजार ३३१ एन्टिजेन परीक्षणमा १ हजार ८५० मा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिएका छन् । २४ घण्टामा जम्मा परीक्षण २३ हजार ४०९ रहेको छ । २४ घण्टामा ६१३ जना निको भएका छन् । त्यस्तै २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया