विश्वप्रकाश शर्मा सपरिवार कोरोना संक्रमित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कोरोना संक्रमित भएका छन् । आठ महिनापछि फेरि सपरिवार संक्रमित भएको महामन्त्री शर्माले जानकारी दिए ।

सार्वजनिक कार्यक्रममा सतर्कता नगरेकै कारण आफू संक्रमित भएको भन्दै उनले आत्मालोचना गरेका छन् । कोरोना लक्षणले ग्रस्तपछि नख्खुस्थित मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा परिवारका सबैको पोजेटिभ रिपोर्ट आएको शर्माले बताए ।

उनले एक सातासम्म आइसोलेसनमा रहने र त्यसपछि पुनः काममा फर्कने बताए । चिकित्सकको परामर्शमा औषधि लिइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया