पञ्चेबाजामा सुधीर र करिश्मा

काठमाडौं । गायक तथा संगीतकार अनुप रेग्मीको नयाँ गीत ‘पञ्चेबाजा बजाउँदै’ मा मोडल सुधीर श्रेष्ठ र करिश्मा ढकालको रोमान्स गरेका छन् । येदीन गजमेरको शब्द तथा संगीत रहेको गीतमा पुष्कर सुनुवारको एरेन्ज छ । भिडियोमा विवाहको माहोललाई देखाइएको छ । सुधीर र करिश्माको निकै आकर्षक नृत्य रहेको गीतको भिडियोमा विवाहको माहोल बनाइएको छ । जुनी गजमेरले निर्माण गरेको भिडियोको निर्देशन भने गायक रेग्मीले नै गरेका छन् । गीत तथा भिडियोले दर्शकस्रोताको मन छुनेमा आफू विश्वस्त रहेको गीतकार येदीनले जिकिर गरे । केशवराज भट्टको कोरियोग्राफी, बुद्ध थापाको छायांकन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् ।

प्रतिक्रिया