उदितनारायणकाे नयाँ गीत ‘स्वतन्त्र मन’

काठमाडौं । चर्चित गायक उदितनारायण झाको स्वर रहेको नेपाली गीत ‘स्वतन्त्र मन’ सार्वजनिक भएको छ । डा.प्रकाश पौडेलको शब्द रहेको गीतमा राज सागरले संगीत भरेका छन् । रोमान्टिक पारामा तयार गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउतको छ । भिडियोमा आर्यन र वर्षा प्रेमी जोडीको रुपमा रोमान्स गरेको देखाइएको छ ।

राजन इशानको संगीत संयोजन रहेको गीतको भिडियो भने बिजेश र राजनले निर्देशन गरेका हुन् । भिडियोमा शिवराम श्रेष्ठको छायांकन र निर्देशक बिजेश पौडेलकै सम्पादन छ ।

 

प्रतिक्रिया