खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा

काठमाडौ । नेपालको प्रिमियम रम ब्रान्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी एक्सएक्सएक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । ‘खुकुरी एक्सएक्सएक्स रम’ प्रिमियम वर्गको मदिरामा पर्छ ।

रमका पारखीले खुकुरी एक्सएक्सएक्स रममा विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी त्यसलाई स्पाइस्ड बनाएर पिउने गरेका छन । ग्राहकको सोही चाहनालाई ध्यानमा राखी खुकुरीले उत्कृष्ट समीश्रणबाट तयार खुकुरी स्पाइस्ड रम बजारमा ल्याएको हो । यसअघिका वर्षहरूमा जापान र कोरियामा खुकुरी स्पाइस्ड रम निर्यात हुने गरेको थियो ।

कम्पनीका अनुसार यो नयाँ स्वादको रम बजारमा सार्वजनिक गर्नुअघि नेपालका विभिन्न क्षेत्र र विशेष गरी बुटवल र भैरहवामा ट्रायल गरिएको थियो । विशेष गरी खुकुरी स्पाइस्ड रम निट वा कोलासँग पिउन ग्राहकले मन पराएको पनि कम्पनीले जनाएको छ ।

प्रिमियम खुकुरी एक्सएक्सएक्स रमको तुलनामा विभिन्न थप उत्कृष्ट पदार्थ प्रयोग हुने र उत्पादनको प्रक्रिया समेत लामो र केही फरक हुने भएकोले खुकुरी स्पाइस्ड रमको बजार मूल्य खुकुरी एक्सएक्सएक्स रमको तुलनामा केही बढी हुने उत्पादक कम्पनी ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया