अनिकालमा बिउ जोगाउनु

कृष्ण बोहरा

मैले यहाँ अलि फरक प्रसंग जोड्न खोजेको हुँ । अशिक्षा नै अशिक्षाबीच शिक्षाको चाहना, नकारात्मकै नकारात्मकबीच सकारात्मकताको पहिचान, असम्भवै असम्भवबीच सम्भावनाको खोज गर्नु नै बिउको जोगावट गर्नु हो । सधैँ अमृत जलले नुहाएका यहाँ कोही छैन । तपार्इंकै सानोभाइलाई फगाएर चकलेट दिने कुरा गरेर मेरो के के स्वभाव तँलाई मन पर्दैन सोध्नुस् । केही नगर्ने कुरामा ढुक्क बनाउनुस् । तपाईंका कमजोरी उसले फटाफट भन्दछ । कमजोरी सबैका हुन्छन् । लेण्डुपे प्रवृत्तीबाहेक उपयुक्त वातावरण सिर्जना भएमा सबै सचिएर जानेछन् ।

पुर्खाको आह्वान छ, ‘अनिकालमा बिउ जोगाउनु’ । खडेरी लागेमा बाली राम्रो हुँदैन । यस्तो बेलामा बिउ जोगाउन पनि हम्मेहम्मे पर्दछ । यसैले बिउको जोगावट गर्नुपर्नेछ । हाम्रो समाज र देशमा पनि यस्तै अनिकाल परेको छ । देशको हितमा काम गर्ने, समाजको हितमा काम गर्ने, किसानको हितमा काम गर्ने सबै सिमान्तकृत वर्गको पक्षमा काम गर्ने नेतृत्वको अभाव छ । राम्रो काम गर्ने ज्यादै कम मानिसहरू बेलाबखत नभेटिने होइनन् । हाम्रो देशमा राम्रो र इमानदार कर्मचारी पनि नभएका होइनन् । राम्रा विचार राख्ने र राम्रो काम गर्ने राजनीतिज्ञ र नेता पनि नभएका होइनन् तर उनीहरूमा काम गर्ने उत्साह छैन । किन त ? किनभने यहाँ बिउको प्रसंग आएको छ । बिऊ जोगाएर मात्र हुँदैन बिउलाई खनजोत गरेको उपयुक्त माटोमा रोप्नुपर्दछ । उचित जल र मल पुगेमा बल्ल यो अंकुराउँछ । अंकुराएर सानो बिरुवाको रूपमा हुर्केपछि पनि यसलाई खुम्लेकिरा रातो कमिला र अन्य धेरै किटपतंगहरूले दुःख दिन्छन् । यसबाट जोगाएर झाङको रूपमा विकास गर्न सकेमा मात्र यसले फल दिन सक्दछ ।

तर राम्रो काम गर्नेलाई उपयुक्त वातावरणको हामी कहाँ अभाव छ । राम्रो काम गर्ने र सकारात्मक विचार राख्ने राजनीतिज्ञ र नेतालाई पहिलो कुरा त पार्टी भित्रकै खुम्लेकिराले दुःख दिन्छन् । दोस्रो त विपक्षी पार्टीको अरूले गरेका राम्रो बा नराम्रो दुबैको विरोध गरी सत्ताको भ¥याङमा चढी हाल्ने हाम्रो पोलिटिकल कल्चर छ । यो खालको सैद्धान्तिक मान्यताले राम्रो प्रणालीको स्थापना गर्न कतिको सम्भव होला ? सोचनीय विषय छ । यसो गर्नु कतिको विज्ञान सम्मत होला त ? संसारमा बेलाबखत राम्रा काम र थिति बसाउन बिभिन्न राजनेताहरूले अनेक प्रयोग गरे । कतै बिहानभरी शिविरै खडा गरी विपक्षीहरूलाई बोलाई गाली सुन्ने र दिनभरी राज्य सञ्चालनको कामहरू गर्ने राजनेताहरू पनि थिए । यसभन्दा पछि नराम्रो कामको विरोध र राम्रो काममा सिर्जनात्मक रूपमा सहयोगी भूिमकाको लागि बेलायतमा विपक्षी पार्टीलाई स्वीकारिएको थियो । हाम्रोजस्तो विकासोन्मुख देशमा यसलाई पनि मनन गरिएन । नेपालमा संसदीय व्यवस्था औपनिवेशिक रूपमा सञ्चालन हुँदै आएको छ । यसैले यो भन्दा बरु राजाकै शासन राम्रो थियो भन्ने भनाई पनि सुन्न थालिएको छ ।

हुन त राज्यमा राम्रो प्रणाली बसाउनका लागि विशेष योजनाको आवश्यकता छ । मैले यहाँ अलि फरक प्रसंग जोड्न खोजेको हुँ । अशिक्षा नै अशिक्षाबीच शिक्षाको चाहना, नकारात्मकै नकारात्मकबीच सकारात्मकताको पहिचान, असम्भवै असम्भवबीच सम्भावनाको खोज गर्नु नै बिउको जोगावट गर्नु हो । सधैँ अमृत जलले नुहाएका यहाँ कोही छैन । तपार्इंकै सानो भाइलाई फगाएर चकलेट दिने कुरा गरेर मेरो के के स्वभाव तँलाई मन पर्दैन सोध्नुस् । केही नगर्ने कुरामा ढुक्क बनाउनुस् । तपार्इंका कमजोरी उसले फटाफट भन्दछ । कमजोरी सबैका हुन्छन् । लेण्डुपे प्रवृत्तीबाहेक उपयुक्त वातावरण सिर्जना भएमा सबै सचिएर जानेछन् । हामी गौरवशाली नेपाली भनी गर्व गर्ने दिन पनि आउन सक्दछ ।
अर्को कुरा कुनै व्यक्तिलाई प्रशंसा गरेर भए नभएको कुरा गरेर समाजमा स्थापित गर्नु छैन । कामको भने प्रशंसा गर्नै पर्दछ । जसले सधैँ राम्रो काम गर्दछ । ऊ व्यक्तिगत रूपमा पनि समाजमा स्थापित हुन्छ । यो आवश्यक पनि छ । यसका लागि हामीले जातीय, धार्मिक र दलगत बारसमेत नाघ्नु पर्दछ भन्ने मलाई लाग्दछ । यो नै बिरुवारुपी प्रणालीका लागि मल र जल पनि हो ।

सानो उदाहरण, डा.बाबुराम भट्टराईको सम्पूर्ण पक्षको हामी पक्षपाती हुन सक्दैनाँै । तर काठमाडौंको सडक फराकिलो पार्ने कामलाई किन प्रशंसा नगर्ने ? यो पनि एउटा गाह्राे काम थियो । अरूको भन्दा पनि मामाको, आमाको, आफ्नाको दबाब खपेर काम गर्न ज्यादा गा¥हो विषय हो । सजिलो भए त यसभन्दा अघि पनि भइसक्ने थियो नि ! फेरि यो हामी सबै हिँडने सडक पनि हो । मूल कुरा हामीले हामी चल्ने स्क्रिप्ट आपैmँले बनाएनौँ । कि त बुबाआमाले कि त छिमेकीले, कि त साथीभाइले, कि त पार्टीहरूले बनाइदिए । यसै स्क्रिप्टअनुसार हामीले कसैलाई घृणा र कसैलाई माया गर्न सिक्यौँ । यसैकारण हामीले कतिपय अवस्थामा दुःख झेल्दै पनि आइरहेका छाँै । यसैकारण अब ठण्डा दिमागले सोचौँ । आफ्नो स्क्रिप्ट आपैmँ लेख्न सुरु गरौँ । अरूले भनेका कुरालाई आफ्नै दिमागले एकपटक चिन्तन मनन गरौँ । यदि तपाईं पोखरा जाँदै हुनुहुन्छ भने आफ्नै घरबाट पाइला सार्न थाल्नुहुन्छ । तपार्इंको आफ्नै तयारीको आवश्यकता छ, अरूको तयारीले काम दिँदैन । बाटोको दुरी पनि त्यहीअनुसार छिटो वा ढिलो हुन्छ । अरूले गरिदिएको तयारी सर्वदा अपूर्ण हुन्छ । सबैभन्दा ठूलो कुरा आफ्नोपन नै हो । जुनसुकै स्थितिमा पनि हामी सकारात्मक बनौँ । हामीले हाम्रो र आफ्नो सन्ततीका लागि पनि मुख्य कुरा बिउको जोगावट गर्नु छ ।

अन्त्यमा
विश्वमा भइरहेको अतुलिनीय परिवर्तनका कारण क्रान्तीका परमपरागत सिद्धान्त फेल खाइरहेको यो अवस्थामा सिद्धान्तको नयाँ व्याख्या र विकासको आवश्यकता खट्किरहेको छ । माथिको लेखले मात्र विद्यमान हरेक कुरालाई आँखा चिम्लेर विरोध र समर्थन गर्ने हाम्रो परम्परालाई परिवर्तन गर्न सकिन्छ कि भन्ने मेरो सानो प्रयास मात्र हो ।
मान्छेको कल्पना शक्तिका सन्दर्भमा खप्तड स्वामीले भन्नुभएको रोचक प्रसंग यहाँ उल्लेख गर्नु सान्दर्भीक ठान्दछु ।
कल्पना शक्ति अपूर्व छ । अल्पना आत्मशक्तिले ओतप्रोत छ । प्रत्येक कल्पनामा बिजुलीको समान प्रचण्ड शक्ति विद्यमान छ । तिमी जस्तै भयंकर स्थितिमा भए तापनि आफ्नो जीवनको आधिकारिक कल्पना गर । तिम्रो ध्यानमा आउन सक्ने सर्वोत्कृष्ट भावहरूलाई हृदयमा धारण गर केवल दृढ कल्पनाशक्तिको प्रभावबाट नै तिमी आफ्नो जीवनमा अद्भुत परिवर्तन गर्न सक्नेछौ । तिम्रो भोजनको समय भयो तर तिमीलाई भोक लागेको छैन भने यो विचार गर तिमीलाई सारा दिन उपवास गर्नाले बडो जोडको भोक लाग्नेछ । यो कल्पना १० मिनेटसम्म गर्नुपर्दछ तर भोकको विना अन्य कल्पना मनमा नआओस् । गरेर हेर अनि स्वयं अनुभव होला । भोजनको समय के विचार गर भने तिमी अति स्वादिष्ट र रुचिकर भोजन गरिरहेछौँ । यस भावनाले त्यसबेला पाचन क्रियामा जुन रसको आवश्यकता हुन्छ त्यो द्रवीभूत भएर भोजनलाई शीघ्र पचाइदिनेछ । व्यायाम गर्ने बेला जुन अंगको व्यायाम गर्छांै त्यसमा शक्तिको दृढ कल्पना ग¥यौ भने त्यस अंगमा बडो जोडले रक्त सञ्चार हुन लाग्नेछ । आफ्ना हातहरूलाई सुस्त शरीरको माथितिर लैजाऊ र कल्पना गर कि कुनै भारी वस्तु माथितिर उठाइरहेछौ फेरि भावनापूर्वक हातहरूलाई आफ्नो स्थानमा ल्याउ । पाँच, दश मिनेटसम्म यो विचार गर । यसले भुजदण्डमा बल प्रतित हुन लाग्ला र तिमीलाई कल्पना शक्तिको आश्चर्यजनक प्रभाव प्रतित होला । ‘यादृशी भावना यस्य सिद्धिर्भवत तादृशी ।’ जो जस्तो भावना गर्दछ, त्यो उस्तै नै हुन जान्छ । कल्पना र भावना उस्तै हुन् । यसैले कल्पना गर कि तिमीमा मेधा, स्मरण शक्ति अत्यन्त तीव्र छ । केही कालमा कल्पनाको प्रभावले तिमी धारणा, मेधा र स्मृति–शक्तिवान अवश्य हुनेछौ । तर, यसको अभ्यास नित्य निरन्तर श्रद्धापूर्वक गर्नु पर्दछ । गरेर हेर र स्वयं अनुभव गर । जसरी स्वास्थ्य विचारहरूको अधिन छ, उसरी नै प्रसन्न चित्तले हास्य भाव धारण गर्नाले स्वास्थ्यमाथि विलक्षण प्रभाव पर्दछ । त्यसैले यदि कुनै व्यक्ति स्थायी आरोग्य चाहन्छ भने उसले प्राकृतिक उपायहरूलाई नै कार्यरूपमा परिणत गर्नुपर्दछ । प्राकृतिक साधन प्रतिदिन व्यवहारमा आउँदै रहने हुँदा ती सरल प्रतित हुन्छन् । तर तिनको सरलता देखेर तिनलाई व्यर्थ सम्झनु ठीक छैन । किनभने यिनै सरल साधन जीवनका आधार हुन् । त्यसैले एक÷दुई महिनासम्म यिनको उचित अभ्यास गरेर अनुभव गर्नुपर्दछ । यिनमा प्रथम साधन ‘हास्य भाव’ हो । त्यसैले हाँस, खुब हाँस, दिनमा सकेसम्म दुईपटक हाँस । हाँस्नाले रक्तसञ्चार तीव्र हुन्छ । प्राणविहीन नाडीहरू र पाचनकारी यन्त्रहरूमा विशेष प्रकारको गति हुन लाग्छ र मस्तिष्कका ज्ञान तन्तुहरूमा स्फूर्ती उत्पन्न हुन्छ एवं शरीरका अंग–प्रत्यंगहरूमा उत्तेजना फैलिन लाग्दछ ।

प्रतिक्रिया