अफगानिस्तानलाई सहयोग हस्तान्तरण

काठमाडौं । मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरणपछि नेपाली टोली आइतबार नै स्वदेश फर्किएको छ । आइतबार बिहान नेपाल एयरलाइन्सको जहाजमा सहायता सामग्री लिएर अफगानिस्तान पुगेको नेपाली टोलीले कावुल अन्तर्राष्ट्रिय विमानस्थलस्थित संयुक्त राष्ट्र संघका महासचिवका उपविशेष प्रतिनिधि तथा अफगानिस्तानका लागि मानवीय तथा विकास संयोजक रामिज अलकबरोबलाई सो सहयोग हस्तान्तरण गरेको हो ।

आइतबार परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा अफगान जनतालाई आवश्यक औषधि, घरायसी सामग्री र लत्ता कपडा बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको थियो भने साँझ सो सहायता हस्तान्तरण गरेर नेपाल फर्किएको छ । सहयोग हस्तान्तरणपछि परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले अफगान जनताका लागि सहायता सामग्री हस्तान्तरण गर्न पाउनु नेपालको लागि गोरवको विषय भएको प्रतिक्रिया दिएकी छन् । प्रवक्ता लम्सालका अनुसार उक्त सहायता उपलब्ध गराउने काम परराष्ट्रमन्त्री डा. नारायण खड्काको पहलबाट सम्भव भएको थियो। मन्त्री खड्काको नेतृत्वमा नेपाली टोली अफगानिस्तान गएको थियो ।

प्रतिक्रिया