एमालेले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले कोभिड-१९ नियन्त्रण तथा रोकथामका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने भएको छ ।

एमाले सचिव योगेश भट्टराईका अनुसार शनिबार बिहान १० बजे प्रधानमन्त्रीलाई भेट गर्ने कार्यक्रम तय भएको छ । कोरोना रोकथामबारे एमालेले प्रधानमन्त्रीलाई ध्‍यानाकर्षण गराउन लागेको हो ।

प्रतिक्रिया