नोबेल मेडिकल कलेजका संचालक शर्मालाई सिंहदरबारभित्रै कालोमोसो

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेज विराटनगरका संचालक सुनिल शर्मालाई विद्यार्थीको एक समूहले शुक्रबार सिंहदरबारभित्रै कालोमोसो लगाएर दुर्व्यवहार गरेको छ ।

विद्यार्थीसँग अतिरिक्त शुल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका विद्यार्थीले ‘नमस्कार सर’ भन्दै कालोमसो दलेको एक प्रत्यक्षदर्शीले बताए ।

समाजवादी विद्यार्थी युनियनका अध्यक्ष सुदेश पराजुलीले घटनाको जिम्मा लिएका छन् भने अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्जा सिंहले पनि संयुक्त विद्यार्थी संघर्ष समितिले कालोमोसो दलेको बताएकी छन् । उनको मेडिकल कलेजले चिकित्सा शिक्षाका विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा नेविसंघसहित ७ विद्यार्थी संगठन पीडित विद्यार्थीसँगै आन्दोलनमा छन् ।

प्रतिक्रिया