शिक्षा

कोरोना संक्रमण बढेपछि विद्यालय बन्द

सौर्य अनलाइन २०७८ पुष २३ गते १६:०५ मा प्रकाशित

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका भित्रका सबै विद्यालयहरू ९ दिनसम्म बन्द गरिएको छ । विद्यालयहरूमा कोरोना संक्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार सार्वजनिक अपिल जारी गर्दै उपमहानरपालिकाका निमित्त प्रशासकीय अधिकृलते २५ पुसदेखि ३ माघसम्म सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

कोरोनाको दर तीव्र रुपमा बढ्न थालेपछि संक्रमनको चेन ब्रेक गर्नका लागि उपमनहागर भरिका सबै बिद्यालय नौ दिन बन्द गर्ने निर्णय भएको मेयर घनश्याम पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय