धादिङकाे मलेखुमा खुल्याे सानिमा बैंकको शाखा

धादिङ । सानिमा बैंक लिमिटेडले धादिङको मलेखुमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आज मंगलबार, एक कार्यक्रमका वीच बेनिघाट रोराङ गाँउपालिका– ३ स्थित मलेखुमा नयाँ शाखा विस्तार गरेको हो ।

बैंकले उक्त शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधाहरू उपलब्ध गराउने जनाएको छ । यससँगै बैंकको कूल शाखा संख्या ९१ र पुगेको प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले जानकारी दिए ।

बैंक उद्घाटनका लागि बैंकका ब्राण्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मलेखु आएका थिए । त्यस्तै कलाकारद्वय श्रेष्ठ र आचार्यसँगै बेंकका सञ्चालक बलराम पराजुली र प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालको उपस्थिती रहेको थियो ।

उद्घाटन कार्यक्रममा धादिङका संघीय सांसद भुमीप्रसाद त्रिपाठी, गाँउपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी र उपाध्यक्ष देवीप्रसाद सिलवाल लगायतले बैंकलाई शुभकामना दिएको बैंकका शाखा प्रमुख रमेश पण्डितले जानकारी दिए । योसँगै बैंकको धादिङ जिल्लामा मात्र तीन शाखा पुगेको छ ।

प्रतिक्रिया