आगलागीका अधिकांश घटनामा बिरालो दोषी !

सीउल । हाम्रो घर वरपर हुने आगलागीका घटनामा मुख्यतया को जिम्मेवार हुन्छ ? सामान्यतया मानवीय त्रुटी र कमजोरीले घर तथा वरपरको वातावरणमा आगलागी हुने गर्छ ।

तर, दक्षिण कोरियाको सवालमा भने यो मेल खाँदैन् । आगलागीका अधिकांश घटनामा बिरोला जिम्मेवार मानिएका छन् । पछिल्ला तीन वर्षमा भएका आगलागीमध्ये १०० भन्दा बढी आगलागीका घटना बिरालोको कारण भएका छन् ।

सीउल महानगरपालिकाको आगलागी तथा विपद् विभागको तथ्यांकलाई हेर्ने हो भने पनि सन् २०१९ देखि यो वर्षको नोभेम्बरसम्म भएका आगालागी घटनामा १०७ वटा आगलागी बिरालोका कारण भएका छन् ।

बिरालोले विद्युतीय स्टोभमा स्वीच अठ्याइदिँदा अधिकांश आगलागीका घटना भएका हुन् । केही बटनहरु थिचेर बिरालोले विद्युतीय स्टोभ अन गरिदिने र त्यो तातेपछि घरेलु सामाग्रीमा आगो सल्किने गरेको हो ।

घर मालिक नभएको समयमा हुने यस्ता आगलागीका कारण केही मानिस पनि घाईते भएका छन् ।

‘बिरालोका कारण हुने आगलागीका घटना बढेका छन्,’ विभागकी अधिकारी चोङ गोयो चुल भन्छिन्, ‘घरमा कोही नभएको बेला चौतर्फी आगो फैलन सक्ने भन्दै गृहणीलाई सावधानी दर्शाएका छौँ ।’

स्टोभबाट पेपर टावेल हटाउन र वरपर कागजलगायत छिट्टै आगो सल्किने सामग्री नराख्न स्थानीय प्रशासनले घरधनीलाई अनुरोध गर्दै आएको छ । घरेलु जनावरका कारण लाग्ने आगलागीका घटना राजधानी सीउलमा धेरै बढेका छन् ।

पछिल्ला तीन वर्षमा यस्ता आगलागीमा धेरै बृद्धि भएको छ । यो समस्या अमेरिकामा मात्र सीमित छैन् । अमेरिकन हुमन एसोसियसनका अनुसार अमेरिकामा हुने एक हजार आगलागीका घटनमा पाल्तु जनावर जिम्मेवार छन् ।

प्रतिक्रिया