दोस्रो मतदानमा निधिले पनि देउवालाई नै समर्थन गर्ने

काठमाडौं । हाल चर्चामा रहेको नेपाली कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै समर्थन गर्ने निर्णय गरेका छन् ।

पहिलो चरणमा सोमबार सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा आज भिडन्त हुने भएको छ । आज दिउँसो साढे ३ बजेदेखि सभापतिको मतदान सुरु हुँदै छ ।

आज बिहानै देउवा निधिलाई भेट्न बानेश्वरस्थित उनकै निवासमा पुगेका थिए । उक्त भेटमा निधिले देउवालाई समर्थन गर्ने बचन दिएको स्रोतले जनाएको छ । निधिलाई भेट्नुअघि देउवाले प्रकाशमान सिंहलाई भेटेका थिए । सिंहले पनि देउवालाई नै समर्थन गर्ने बताएका छन् ।

प्रतिक्रिया