प्रकाशमानलाई भेट्न चियापानबाट सिधै चाक्सीबारी पुगे देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न निवास पुगेका छन् । आफ्नाा विश्वासपात्र बालकृष्ण खाणलाई बिहानै भेट्न पठाएका देउवा अहिले आफैँ सिंह निवास पुगेका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले लौनचौरमा आयोजना गरेको चियापानबाट देउवा सिधै सिंह निवास चाक्सीबारी पुगेका हुन् ।

सभापति चयनको दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा देउवा सिंह निवास पुगेका हुन्। निर्वाचनमा सिंह निर्णायक अवस्थामा छन्। अहिले देउवा र सिंहबीच छलफल भइरहेको छ ।

देउवाका लागि सिंह वा अर्का नेता विमलेन्द्र निधिले समर्थन गरेमा जित सहज छ । तर, निधिले यसअघि नै सहयोग नगर्ने बताइसकेका छन् । यस्तै सभापतिका अर्का प्रतिस्पर्धी शेखर कोइरालाले पनि सिंह र निधिसँग छलफल गर्दैछन् ।

प्रतिक्रिया