सभापतिमा १७०० मत गणना हुँदा शेखरभन्दा देउवा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् । एक हजार ७०६ मत गणना हुँदा देउवाले ८११ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कोइरालाले ६२६ मत पाएका छन् ।

प्रकाशमान सिंहले १३१ मत ल्याउँदा विमलेन्द्र निधिले ९७ र कल्याण गुरुङले ५ मत ल्याएका छन् । सोमबार राति सम्पन्न मतदानमा जम्मा ४६८९ मत खसेको थियो । सभापतिमा विजयी हुन कम्तीमा २३४० मत आवश्यक पर्ने छ । सभापतिका लागि खसेको मतको ५० (२३४०) प्रतिशत कुनै पनि उमेदवारले कटाउन नसके पुनः दोस्रो चरणमा मतदान हुनेछ । दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई उमेदवारबीच प्रतिष्पर्धा हुन्छ ।

प्रतिक्रिया