कांग्रेस केन्द्रीय सदस्यमा जुम्लाकी रामदेवी खड्काको उम्मेदवारी

जुम्ला । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा जुम्लाकी युवा नेता, नेपाल निमार्ण व्यावसायी महासंघकी केन्द्रीय सदस्य तथा संघर्षशील महिला रामदेवी खड्काले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छन्।

कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा खड्काले पार्टी नेतृत्वमा युवाहरुको उपस्थिति र भूमिका, एक व्यक्ति, एक पदका बारेमा, पार्टी र सरकारको नेतृत्वमा युवा महिलाहरुको उपस्थिति, जिम्मेवारी प्रदानका विषयमा, असल र सफल नेतृत्व निमार्ण जस्ता विषयमा शसक्त भूमिका रहने बताएकी छन् ।

साथै, देशभरका महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो अमुल्य मत प्रदान गर्नसमेत आग्रह गरेकी छन् । उनी ०७४ सालको निर्वाचनमा कांग्रेसको समानुपातिक सांसदको बन्द सूचिमा परेकी थिइन् ।

उनी सफल र संघर्षशील निर्माण व्यावसायी हुन् । विद्यार्थी जीवनकालदेखि राजनीतिकमा सक्रिय नेतृ खड्काले आफ्नो उम्मेदावारी पार्टीलाई बलियो बनाउनका निम्ति भएको बताएकी छन् ।

प्रतिक्रिया