केसीले ल्याए नयाँ गीत

काठमाडौं । कलाकार विनोद केसीको शब्द रचना रहेको नयाँ आधुनिक गीत ‘अदृश्यभित्रको लजावती’ को भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि विभिन्न हाँस्य टेलिफिल्म र ठूलो पर्दाको चलचित्रमा प्रायःजसो नेपाल प्रहरीको भूमिकामा अभिनय गरी लोकप्रियता बटुल्दै आएका कलाकार केसी पछिल्लो समयमा म्युजिक भिडियो निर्देशन र गीत रचनामा समेत सक्रिय हुन थालेका छन् ।

गायक प्रमोद खरेलको आवाज रहेको गीतमा आलोकश्रीले संगीत भरेका छन् । प्रेमकथामा आधारित गीतको भिडियोमा कलाकार केसी र मोडल सारिका केसीको अभिनय छ । भिडियोको कथा र निर्देशन पनि विनोदले नै गरेका छन् । केसीले आफ्नो यो पछिल्लो भिडियो राजधानीको वसन्तपर दरबार, रानीपोखरी, धरहराजस्ता पुरातात्विक तथा ऐतिहासिक क्षेत्रमा छायांकन गरेका छन् । सार्वजनिक भिडियोमा किरण चौसिरको छायांकन तथा राजकुमार मगरको सम्पादन रहेको छ । भिडियो सिजिएफ च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया