अब कांग्रेस सुध्रनु जरुरी छ : नेता थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब सुध्रनु पर्ने बताएका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेस सुर्धन जरुरी रहेको बताएका हुन् । अब पनि पार्टी नसुध्रिए पार्टीका नौ लाख कार्यकर्ताको भविष्य सकिनेप्रति संकेत गरे ।

उनले कांग्रेस चुनाव जित्ने दाबी गरिरहेका बेला कांग्रेसले किन जित्नुपर्छ भन्ने कुराको आम जनतामा बोध गराउन सक्नुपर्ने बताए । उनले पार्टीमा बिचार र नेतृत्व दुवै आवश्यक रहेको बताउँदै पार्टीमा नेता, कार्यकर्तालाई मात्र नभई अन्य नागरिकहरूलाई जोडिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । नेता थापाले चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै कांग्रेस सबल बन्ने उनको भनाइ थियो ।

प्रतिक्रिया