माओवादी मै फर्किए आईटि आर्मी पर्साका अध्यक्ष संतोष पटेल

पर्सा । नेपाल संघीय समाजवादी पार्टी पर्साका पूर्व जिल्ला संयोजक इमदाद गद्दी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । गत संघिय निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ को संसदमा समेत प्रत्यासी भईसकेका गद्दी मंगलबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेता गद्दी मंगलबार काठमाडाैंस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) निवास खुलमटारमा पुगी माओवादीमा प्रवेश गरेका हुन । उनलाई अध्यक्ष प्रचन्डले पार्टीमा स्वागत गरेका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सचिवसहित आधा दर्जन विधार्थी नेताहरु माओवादी केन्द्रमा फर्किएका छन् । नेकपा एमाले र माओवादी केन्द्रलाई अदालतले बनाईदिएपछि प्रभु साहसँगै एमालेमा लागेका अखिल क्रान्तिकारीका पूर्व सचिव अमिताब बच्चन दास, विधार्थी नेता सुनिल रौनियार, आईटी आर्मी पर्साका अध्यक्ष संतोष पटेल, प्रदीप गुप्ता, मखन पटेल लगायतका विद्यार्थी नेताहरु पुनः माओवादी केन्द्रमै फर्किएका हुन् ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव समेत भईसकेका दास माओवादी केन्द्रको सरकारको पालामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत भएका थिए । प्रभु साहसँगै एमालेमा लागेका दास एमालेको जिल्ला सदस्य, युवा परिषद पर्साका अध्यक्षको समेत जिम्मेवारीमा सम्हालीसकेका व्यक्ति हुन ।

उनिहरुलाई पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन । सो अवसरमा माओवादी केन्द्रकी नेतृ उर्मीला अर्याल, सांसद शेख चादं तारा, पर्सा जिल्ला ईन्चार्ज विजय महतो, जिल्ला अध्यक्ष रामदरस कुशवाहा, जिल्ला सदस्य प्रभाकर गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया