नवविवाहित दम्पतीलाई बुद्ध एयरले पोखराको दुईतर्फी टिकट सित्तैमा दिने

काठमाडाैं । बुद्ध एयरले नवविवाहित दम्पतीलाई शुभकामनासहितको अफर ल्याएको छ । कम्पनीका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार आफ्नो विमानबाट यात्रा गर्ने बेहुलाबेहुली जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार दिने भएको हो । यसको लागि बेहुलाबेहुलीसहित बुद्ध एयरको विमानमा यात्रा गरेको तस्बिर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्ने कम्पनीले जनाएको छ । बुद्धले आज प्रेस विज्ञप्तिमार्फत नवदम्पतीलाई शुभकामनासहित पोखराको दुईतर्फी टिकट उपहार दिने जनाएको हो ।

प्रतिक्रिया