एमालेलाई जिस्क्याए गैँडाले जस्तै लखेट्छौँ : योगेश भट्टराई

चितवन । नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव तथा युवा नेता योगेश भट्टराईले एमालेलाई नजिस्क्याउन चेतावनी दिएका छन् । उनले सोमबार (आज) प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै एमालेलाई जिस्क्याए गैँडाले जस्तै लखेट्ने चेतावनी दिएका हुन् ।

चितवनमै सम्पन्न एमाले महाधिवेशनको मस्कटमा एकसिँगे गैँडा राखेकोमा आलोचना गर्नेहरुलाई लक्षित गर्दै उनले एमाले र गैँडामा समानता रहेको तर्क गरे ।

‘एमाले र गैँडामा केही समानता भएरै गैँडा छानेको हो, गैँडा यति सज्जन हुन्छ कि ऊ उसको त्यसलाई जिस्क्याउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ, त्यसले तपाईंलाई छोड्दैन, लेखेट्छ, एमाले त्यस्तै छ,’ सचिव भट्टराईले भने ।

साथै, उनले एमाले शान्तसँग आफ्नो बाटो, आफ्नो भिजनमा रहेको उल्लेख गर्दै एमालेमाथि जाइलागे नछोड्ने बताए। एमालेलाई जिस्क्याए त्यसको परिणाम नराम्रोसँग भोग्नुपर्ने चेतावनीसोत भट्टराईले दिए ।

चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको दाबीसमेत भट्टराईले गरे ।

उनले चितवनबाट पार्टीले शक्ति आर्जन गरेर फर्केको भन्दै त्यसको आउटपुट चुनावमा एमालेको बहुमत आउने बताए । उनले ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र संघ र प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यसाथ एमाले हिँँडेको बताए ।

प्रतिक्रिया