प्यूठान नगरको नेतृत्वमा खान

प्यूठान । प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रको अध्यक्षमा युवा उद्यमी तथा सञ्चारकर्मी समेत रहेका प्यार अलि खान निर्विरोध चयन भएका छन् । शनिबार भएको नगर बजार क्षेत्रको १७औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले खानको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा खेमराज सुवेदी सचिवमा कमल पौडेल, सहसचिवमा प्रशुजता जिसी अधिकारी, कोषाध्यक्षमा रोहिणीराज पोख्रेल, सदस्यमा सम्भु श्रेष्ठ, टुकलाल न्यौपाने, विष्णु न्यौपाने चयन भउका छन् । ३ जना पछि मनोनित गर्ने अध्यक्ष अलि खानले जानकारी दिए ।


अधिवेशनले जिल्ला प्रतिनिधिमा चेतनाथ योगी, प्रदिप कर्माचार्य तथा निरज श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको निर्वाचन सहायक अधिकृत मुक्ति पोख्रेलले जानकारी दिए । अधिवेशनका प्रमुख अतिथि प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले संघ विशुद्ध व्यवसायिक संगठन रहेको बताउँदै उद्योगी व्यवसायीहरुको हक हित तथा अधिकारका लागि सदैव प्रतिबद्ध रहेको बताए । ‘अहिलेको आवश्यकता सबै बजार क्षेत्र तथा संघमा साझा तथा सर्वसम्मत नेतृत्व नै हो।’ कक्षपतिले भने, ‘हामीले तिरेको करबाट राज्य चलेको छ, हाम्रा समस्याप्रती राज्य गम्भीर बन्नै पर्छ ।’


अधिवेशनमा सचिव सुमन सुवेदीले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष अर्जुनसिंह विकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनमा संघका पूर्व अध्यक्ष माधवराज भण्डारी, प्रथम उपाध्यक्ष दुर्गा भुसाल, पत्रकार महासंघ प्यूठान शाखाको अध्यक्ष सञ्जय रिजाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया