चलचित्र कुईनेटोबाट निर्देशक खरेललाई अवार्ड

काठमाडौं । नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेस्रो संस्करण राजधानीमा समापन गरिएको छ । उक्त कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड चलचित्र कुईनेटोबाट निर्देशक माधवराज खरेलले प्राप्त गरेका छन् ।

साथै, कार्यक्रममा कल्चरल फिल्म डाईङ क्याण्डल, फिचर फिल्म कथा ७२, डकुमेन्ट्रि फिल्म एउटा फरक कथा, वुमेन फिल्म द कन्फ्युजन, चिल्डे्रन फिल्म अ स्केयर क्रो, सर्टफिल्म फिट द्याट टच नेशन, इन्भारोमेन्ट फिल्म द वइन्टर ट्याप, जुरी अवार्ड धुलोबाट प्रधुम्न मिश्र, विषेश वुमेनफिल्म इन्द्रायाणीबाट दर्शनवीर शाक्य, चोरखाते फिल्मका कृष्ण भण्डारी र सिया फिल्मका मिरा गुरुङले रिकग्निशन एवं स्पेशल मेन्सन फिल्म अवार्ड प्राप्त गरेका छन् ।

त्यसैगरी अन्तराष्ट्रिय विधाअन्तर्गत मानवाधिकार फिल्म कुम गेसी (टर्की), फीचर फिल्म मार्केट (भारत), वृत्तचित्र फिल्म द खे सेन पीस गार्डन (भियतनाम), एनिमेशन फिल्म बडीज द्याट फाइट (चिली), वुमेन फिल्म फेमिनाईजेसन (लेबनान), चिल्ड्रेन फिल्म कर्मा (ईरान), सर्ट फिल्म द ट्यालेन्ट (रसियन फेडेरेसन), जूरी च्वाईस फिल्म मन्नू (भारत), विशेष फिल्म सेनाइ (भारत), स्पेशल मेन्सन फिल्म अन्टार्कटिका (बुल्गारिया), स्पेशल मेन्सन फिल्म सरिता (नेपाल), रिकग्निशन फिल्म अर्थ इज होम (ट्यूनीसा), रिकग्निशन फिल्म फायर अफ टीक फ्लेम अफ चिनार (भारत)ले उक्त महोत्सवमा उत्कृष्ट अवार्ड जित्न सफल भएका थिए ।

कार्यक्रममा कलाकार प्रेम पाण्डे, पेजेन्ट डाईरेक्टर निशकान्त झा, समता फाउन्डेशनका दिपक संजेल, पत्रकार राजन थापा लगाएतका व्यक्तिहरुलाई आयोजकले सम्मानसमेत प्रदान गरका थिए ।

नेपाली चलचित्र जगतलाई अन्तराष्ट्रिय चलचित्र क्षेत्रसँग जोड्ने तथा नेपाली चलचित्र, कला र संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले आयोजना गरिएको उक्त चलचित्र महोत्सवमा विभिन्न ५० देशका १०७ वटा चलचित्र, वृत्तचित्र एवं एनिमेशन, लघुचलचित्रहरुले प्रतिष्प्रधात्मक सहभागीता जनाएका थिए ।

नेपाल कल्चरल फिल्मी सेन्टरको आयोजनामा मंसीर १५ देखी १७ गतेसम्म तीन दिन सञ्चालन भएको कार्यक्रममा सहभागीता जनाएका विभिन्न चलचिहरुको प्रर्दशनी गरिएको नेपाल कल्चरल फिल्मी सेन्टरका अध्यक्ष एवं फेष्टिवलका निर्देशक सन्तोष सुवेदी जानकारी दिए ।

युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय विधाका फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री फिल्म, ह्युमन राइट्स, चिल्ड्रेन फिल्म, वुमन फिल्म र एनिमेटेड फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट कथा, जुरी अवार्ड लगाएत विभिन्न २५ वटा विधामा अवार्ड प्रदान गरिएको थियो ।

ऋषि लामीछाने, दिनेश राउत, बिष्णु प्रसाद सुवेदी, उत्तम न्यौपाने, शितल केसी लगायतका नेशनल जुरी र डेभिड विल्सन, बोर्जे लुम्बर्ग, योङ उ किम, विलजान टुटोरोभ, मिया माईल्जर, रादा सेसिक लगायतका ईन्टरनेशनल जुरीहरुले चलचित्रका मुल्यांकन गरेका थिए ।

चलचित्र कुईनेटोबाट निर्देशकको अवार्ड जितेका खरेलले आफूलाई आगामी दिनमा नेपाली चलचित्र निर्माण तथा निर्देशनमा थप जिम्मेवार र हौसला प्राप्त मिलेको बताए ।

‘लामो समयदेखि नेपाली चलचित्र निर्देशनमा क्रियाशील हुँदै आएको छु’, निर्देशक खरेलले भने, ‘कुईनेटो हलमा प्रदर्शन हुँदा पनि मलाई सफलता मिलेको थियो, अहिले पनि त्यहीबाट अवार्ड मिल्दा यस क्षेत्रमा थप हौसला मिल्नुका साथै जिम्मेवार समेत बनाएको छ ।’

प्रतिक्रिया