दत्तचित भएर काम गर्न कर्मचारीलाई अर्थमन्त्रीकाे निर्देशन

विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले सरकारको लक्ष्य र उद्देश्य पूरा गर्न राष्ट्रसेवक कर्मचारीले दत्तचित भएर काम गर्नुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा राष्ट्रसेवक कर्मचारीलाई आज निर्देशन दिँदै उनले अपराध अनुसन्धानमा सुरक्षा निकायले गम्भीरतासाथ काम गर्नुपर्ने निर्देशन दिए ।

मन्त्री शर्माले कोभिड प्रभावित गरीब परिवारलाई सरकारले राहत स्वरुप दिने रु १० हजार कार्यविधिअनुसार वितरण गर्नुपर्ने भन्दै सरकारले सबै प्रदेशमा एक हजार शय्याको सरकारी अस्पताल बनाउने योजना लिएको बताए ।

विकास निर्माणमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने धारणा राख्दै अर्थमन्त्री शर्माले भौतिक पूर्वाधारमा रहेका बजेट अपेक्षित खर्च हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले नपुगेको ठाउँमा बजेटको माग हुने र हुने ठाउँमा खर्च हुन नसक्ने कारणले समस्या देखिएको भन्दै तत्काल सवारी साधन खरिद गर्न नसकिने बताए । रासस

प्रतिक्रिया