राप्रपाको महाधिवेशन शुरु : काे काे छन अतिथि ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार स्वस्तिक वाचन गरेर महाधिवेशनको उद्घाटन गरिएको हो । महाधिवेशनमा संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पार्टीको झन्डोतोलन गरे ।

एकता महाधिवेशनलाई सम्बोधन गर्न पार्टी नेतृत्वका साथै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झालगायत नेताहरू कार्यक्रमस्थल पुगेका छन् । अरू नेताहरू पनि पुग्नेक्रममा रहेको बताइएको छ ।

महाधिवेशन उद्घाटन समारोहलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने बताइएको छ । यो एकता महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । एक अध्यक्ष ६ उपाध्यक्ष, ६ महामन्त्री, एक कोषाध्यक्ष, सात सहमहामन्त्री र सात सहायक महामन्त्री चयन गर्ने बताइएको छ

प्रतिक्रिया