एमाले केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक काठमाडौंमा बस्ने

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते काठमाडौमा हुने भएको छ । पूर्ण बैठकमै स्थायी कमिटी, पोलिटब्युरो गठन, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयन सम्बन्धी प्रस्ताव आउने छ ।

एमालेको दशौं केन्द्रीय कमिटीको नवनिर्वाचित सदस्यहरुको बैठक शपथग्रहणलगत्तै सौराहा बसेको थियो । एमालेमा ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो हुन्छ । एमालेको दशौं महाधिवेशनले १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यहरु निर्वाचित गरेको छ।

प्रतिक्रिया