कनेक्ट आइपिएसको शुल्क घट्यो

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) ले कनेक्ट आईपीएस प्रणालीको कारोबारमा शुल्क घटाएको छ । एनसीएचएलले नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिग हाउसले सो शुल्कमा परिवर्तन गरेको हो । यो सँगै अब बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले न्यूनतम २ देखि अधिकतम ८ रुपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् । नयाँ कारोबार शुल्क अनुरुप बैंक,वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले अब कारोबार रकम बमोजिम .२ देखि ८ रुपैया सम्म प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् ।

एनसीएचएलका अनुसार ५ सय रुपैयाँसम्मको भुक्तानीमा प्रति कारोबार शुल्क २ रुपैया र ५ सय रुपैयाँ भन्दा माथि ५ हजार रुपैयाँसम्म प्रतिकारोबार शुल्क ४ रुपैयाँ एवं ५ हजार रुपैयाँ भन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क ८ रुपैयाँ लाग्ने भएको छ । यसले ग्राहकलाई एनसीएचएलका कनेक्टआईपीएस वेब,मोबाईल एप, बैंक,वित्तिय संस्थाका मोबाईल,इन्टरनेट बैंकिग वालेटमा फण्ड लोड,विड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया