खोजखबर

एमाले पदाधिकारी निर्वाचनमा कसले कति मत पाए ?

सौर्य अनलाइन २०७८ मंसिर १४ गते १८:४२ मा प्रकाशित

काठमाडौं । एमालेको १०औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो । मतदानको अन्तिम मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदै निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी भीम रावलले भने २२४ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याइन् । उनले १९८० मत प्राप्त गरिन् । उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेले १९२९, सुवास नेम्बाङले १८६९, विष्णु पौडेलले १८५९, युवराज ज्ञवालीले १८४६ र रामबहादुर थापाले १७७१ मत प्राप्त गरे । उपाध्यक्षमा पराजति घनश्याम भुसालले ७२६ मत ल्याए ।

सचिवमा गोकर्ण विष्टले सर्वाधिक १९७८ मत प्राप्त गरे । योगेश भट्टराईले १९६४, टोपबहादुर रायमाझीले १८०७, छविलाल विश्वकर्मा १८०६ र पद्मा अर्यालले १८०३, लेखराज भट्टले १७०७, र रघुवीर महासेठले १५०३ मत ल्याउँदै सचिव पदमा निर्वाचित भए । सचिवमा पराजित भीम आचार्यले ७८९ सय र टंक कार्कीले ५६० मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चयन भए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय