एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा ओली विजयी

चितवन । नेकपा (एमाले) को १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भएका छन् ।

ओलीसँग प्रतिस्पर्धी अर्का डा. भीम रावललाई १५ सय ८५ मतले पराजित गर्दै ओली दोस्रो कार्यकालको लागि अध्यक्षमा विजयी भएका हुन् । ओलीले १८ सय ८ मत ल्याउँदा डा. रावलले २ सय २३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

मंगलबार (आज) बिहान ४ बजेदेखि ११ बजेसम्म भएको मतदानमा २१ सय ५३ मतदातामध्ये २१ सय १४ मत खसेको थियो । डा. रावलले आफूले मत परिणामलाई स्वीकार गर्ने बताएका छन् ।

मंसिर १० गतेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै विधान नै संसोधन गरेको थियो ।

प्रतिक्रिया