वातावरण संरक्षणसम्बन्धी पत्रकारको भूमिका विषयक गोष्टी सम्पन्न

कालिकोट । वातावरण संरक्षणमा पत्रकारहरुको भूमिका विषयक एकदिने पत्रकारीतासम्बन्धी कार्यशाला गोष्टी कालिकोटमा सम्पन्न भएको छ । ग्रामीण हिमाली क्षेत्रमा दिगो जिविकोपार्जन तथा जैबिक विविधता संरक्षण (शुलभ) परियोजनाको समन्वयमा कालिकोटमा रहेका पत्रकारहरुलाई एकदिने गोष्टी दिइएको हो ।

टि.डि.एच, बि.एम, जेड जर्मनीको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको सहजिकरणमा वातावरण संरक्षण तथा विविध विषय वस्तुमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरुको विषयमा छलफल तथा प्रशिक्षण दिइएको छ ।

कार्यक्रममा बोल्दै शुलभ परियोजनाका कार्यक्रम संयोजक राजेश गौतमले वातावरण संरक्षणमा पत्रकारहरुको पनि महत्त्वपूर्ण भूमिका रहने भएकाले पत्रकारहरुका कलम जैविक विविधता र वातावरण संरक्षणका विषयमा चल्नुपर्ने बताए । साथै, उनले राजनीतिक समाचार सम्प्रेषणमा पत्रकारहरु अग्रसर देखिएका कारण समाजमा रहेका अन्य विषय वस्तुहरुको खोजी गरि समुदायको हितमा कलम चलाउन पर्ने सुझाव दिए ।

शुलभ परियोजनाका मुल्यांकन तथा अनुगमन संयोजक सरोज पन्थिले पत्रकार राज्यको चौथो अंङ्ग भएकाले सरकारमुखी भन्दा पनि नागरिकको हितमा बोल्नुपर्ने भन्दै पर्यटन पत्रकारितालाई खोजी गर्दै दिगो जिविको पार्जन तथा जैविक विविधता र वातावरण संरक्षणका क्षेत्रमा पनि पत्रकारीता गर्न सम्पूर्ण पत्रकारहरुलाई आग्रह गरे ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटका कोषाध्यक्ष दिलिप कुमार शाहीले मानव अधिकारका क्षेत्रमा हुरेन्डेक नेपाल कालिकोटले बिगत लामो समयदेखि विभिन्न क्रियाकलाप गर्दै आएको बताउँदै उनले हाल समाजमा रहेका विभिन्न परम्परागत हानिकारक अभ्यास न्युनिकरण तथा बिकास निर्माणका क्षेत्रमा काम गर्दै आएकाले बिगतका वर्षहरुमा पनि पत्रकारहरुलाई तालिम दिँदै आएको बताए ।

आगामी दिनमा कालिकोटमा रहेका सम्पूर्ण पत्रकारहरुलाई पिडितलाई न्याय दिने र दोशीलाई कार्वाही गर्ने खालको समचार सम्प्रेषण गर्नु पर्ने बताएका छन् । राजनीतिक खिचातानीमा पत्रकार जानेक्रम बढ्दो भएकाले यो प्रबृतीलाई रोक्न सबै लाग्नुपर्ने उनले भनाई राखे ।

गोष्टीका प्रशिक्षक वरिष्ठ पत्रकार कालिबहादुर मल्लले पत्रकारीताको आचारसंहिता, ऐन कानून र पत्रकारले गर्न हुने तथा नहुने विषयमा सहभागी पत्रकारलाई प्रशिक्षण दिए । हाल नेपालको पत्रकारीता, संविधानको व्यवस्था र प्रेस काउन्सिल नेपालले गरेका नीति तथा ऐनबारे उनले प्रष्ट पारे ।

कालिकोटका सञ्चार माध्यममा क्रियासिल नयाँ तथा पुराना पत्रकारहरुलाई खोज पत्रकारीताका विषयमा विभिन्न ज्ञान, सीप तथा अनुभवबारे प्रशिक्षण दिँदै आगामी दिनमा खोज पत्रकारीतामा ध्यान दिनसमेत प्रशिक्षक मल्ले आग्रह गरे ।

उक्त एकदिने पत्रकारीता सम्बन्धिको कार्यशाला गोष्टीमा हुरेन्डेक नेपालका कोषाध्यक्ष दिलिपकुमार शाहीको अध्यक्षता, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टको प्रमुख आतिथ्य तथा वरिष्ठ पत्रकार तुलाराम पाण्डेको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा शुलभ परियोजनाका कालिकोट कार्यक्रम संयोजक गोपाल सिंह कार्की, शुलभ परियोजनाका लेखा संयोजक लक्ष्मीप्रसाद देवकोटा लगायत कालिकोटमा रहेका विभिन्न सञ्चार माध्यममा आबद्व क्रियासिल पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालक पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारिले गरेका थिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया