काठमाडौंमा तु का तु मेट्रो चलाउने सकिन्छ भन्ने मान्छेलाई मेट्रोको बारेमा थाहा छैन : मन्त्री झाँक्री

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताएकी छन् । मंगलबार जलवायु परिवर्तनसँग सुहाउदो शहरी विकास परियोजना कार्यक्रम सार्वजनिक गर्दै मन्त्री झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताएकी हुन् । उनले ग्लोबल प्लेटफर्ममा नेपालले जनाएका प्रतिवद्धताहरुलाई सबै नागरिकहरुले आफ्नो अजेण्डा बनाएर अघि बढ्नु पर्ने आवश्यकता औंल्याइन्।

मन्त्री झाँक्रीले अहिले भएका ठाउँहरुलाई राम्रो बनाउन कागजमा कार्यक्रम ल्याएर मात्रै नपुग्ने भन्दै सबैले आफ्नो क्षेत्रबाट आगामी ३० वर्षमा नेपालका विभिन्न शहरलाई नयाँ शहर बनाउने अवधारणाअनुरुप काम गर्नुपर्ने बताइन् । ‘कोप २६ मा हाम्रो प्रधानमन्त्री गएर बोल्नुभयो, हाम्रो प्रायोरिटी यो हो भनेर, स्वभाविक रुपले नेपाल सरकारको प्रधानमन्त्रीले बोलेको विषयहरु हाम्रो सरकारको प्राथमिकता हो’ उनले भनिन् । २०३० सम्म नेपालले १५ प्रतिशत स्वच्छ र सस्तो उर्जाको विकास गर्ने भनेको बताइन् ।

मन्त्री झाँक्रीले नेपालमा इन्धनको खपत, प्रदूषण लगायतका विषय प्रत्येक मानिसको अजेण्डा बन्नुपर्ने बताइन् । ‘काठमाडौंको कुरा गर्ने हो भने, बाटो साँघुरो छ, ट्राफिक जाम धेरै छ, एक, डेढ घण्टा पिक आवरमा जाममा जो कोही परिरहन्छ, त्यसले गर्र्ने इन्धनको खपत, प्रदूषण, मानिसको समयको बर्बादीलाई हामीले कसरी व्यवस्थापन गर्छौं भन्ने कुरा प्रत्येक मान्छेको एजेण्डा बन्नुपर्छ’ उनले भनिन् ।

काठमाडौंलाई नयाँ काठमाडौं बनाउन कागजमा मात्र लेख्ने काम नगरी कार्यान्वयन गर्न र त्यसको अध्ययन अनुसन्धान हुनुपर्ने बताइन् । काठमाडौंमा मेट्रो रेल चलाएर ट्राफिक जामको व्यवस्थापन गर्न सकिन्छ भन्नेहरुले त्यसको बारेमा अध्ययन नगरी जाने सुनेको भरमा मात्रै भन्दै हिँडेको उनको भनाइ थियो ।

‘काठमाडौंमा तु का तु मेट्रो चलाउने सकिन्छ नि ट्राफिक जामलाई व्यवस्थित गर्न भन्ने मान्छेलाई मेट्रोको बारेमा थाहा छैन, उपयोगिता, लगानी, खर्च के कसरी, कति हुन्छ भन्ने अध्ययन छैन’ उनले भनिन् । मन्त्री झाँक्रीले नयाँ शहर, मेगा शहर र स्मार्ट सिटी बनाउनको लागि अध्ययन र अनुसन्धानको खाँचो रहेको बताइन् ।

प्रतिक्रिया