चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अनुमानित भन्दा करिब डेढ करोड रुपैयाँ बढी खर्च लाग्ने भएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार महाधिवेशनको खर्च ९ करोड रूपैयाँ पुग्ने भएको हो । यसअघि साढे ७ करोड लाग्ने अनुमान गरिएकोमा महाधिवेशन लम्बिँदा डेढ करोड रुपैयाँ खर्च बढेको तामाङले जानकारी दिए ।
यसअघि आइतबार सक्ने भनिएको महाधिवेशन आज मंगलबार मात्र सकिने भएको छ । आज एमालेको अध्यक्ष, उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्यका लागि मतदान भएको छ भने मतदानको नतिजा पनि आजै आउनेछ ।
मतदानको नतिजा आएसँगै एमालेको महाधिवेशन सकिनेछ । आजै दिउँसो २-३ बजेसम्म मतदानको नतिजा आइकसक्ने एमाले निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिए । उनका अनुसार २१५३ मतदाता रहेकोमा २११४ मत खसेको छ ।
प्रतिक्रिया