एमाले महाधिवेशनस्थलकाे सम्पूर्ण सुरक्षा जिम्मा प्रहरीलाई

काठमाडौं । नेकपा एमालेको चितवनमा जारी महाधिवेशनस्थलबाट स्वयंसेवकलाई हटाइएको छ । आचारसंहिताविपरीतको कार्य भएको भन्दै भीम रावललगायतका नेताले असन्तुष्टि जनाएपछि एमालेले परिचालन गरेको स्वयंसेवकलाई बाहिर निकालिएको हो । स्वयंसेवक हटेपछि अहिले प्रहरीले अहिले सम्पूर्ण सुरक्षाको जिम्मा लिएको छ ।

नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेबाट सुरु भएको निर्वाचन अहिले १०ः३० बजेसम्म चल्नेछ । एमाले निर्वाचन आयोगका अनुसार, मतदान सकिएको ३ घण्टाभित्र सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर परिणाम बाहिर आउनेछ ।

प्रतिक्रिया