चितवनमा एमालेको मतदान सकियो, केही बेरमा मतगणना हुँदै

काठमाडौं । चितवनमा जारी नेकपा एमालेको महाधिवेशनमा आज मतदान सकिएको छ । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि भएको मतदान सकिएको हो ।

बिहान ४ बजेदेखि सुरु भएको मतदान केही बेरअघि सकिएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार करिब २२ सय प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गरेका छन् ।

बन्दसत्रबाट केन्द्रीय कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीप्रति केही नेतासँगै प्रतिनिधि सन्तुष्ट नभएपछि चुनावी प्रक्रिया सुरु भएको थियो ।

चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन् । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल मैदानमा उत्रेका छन् । सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनाव लडेका छन् । आचार्य यसअघि पनि सचिव थिए ।

प्रतिक्रिया