एमालेको महाधिवेशनमा १५०० मत खस्यो, मतदान अझै जारी

काठमाडौं । यही मंसिर १० गतेबाट सुरु भएको नेकपा (एमाले) को महाधिवेशनमा नयाँ नेतृत्वको लागि मतदान अझै जारी भइरहेको छ । १० गते महाधिवेशन उद्घाटन भएको ।

तर, मंगलबार (आज) बिहान ४ बजेदेखि सुरु भएको मतदान सकिन अझै डेढ घण्टा लाग्ने निर्वाचन समितिले जनाएको छ । बिहान ९ बजेसम्म १५०० मतदान समितिको भनाइ छ । एमाले अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र भीम रावल तथा अन्य शीर्ष नेताले मतदान गरिसकेका छन् ।

पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचन हुँदैछ । त्यस्तै‚ केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुल्ला, प्रदेश १ महिला, समावेशी क्षेत्रतर्फ दलित (खुल्ला), थारु (खुल्ला), पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशको महिलातर्फ केन्द्रीय सदस्यका लागि निर्वाचन भइरहेको छ । अन्य सबै पदमा सर्वसम्मत भएको समितिले जनाएको छ ।

अध्यक्ष पदका लागि ओली र रावलले उम्मेदवारी दिएका छन्। यस्तै‚ ६ उपाध्यक्षका लागि सात र सात सचिवका लागि नौजनाको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्बाङ, विष्णु पौडेल र घनश्याम भुसालको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै‚ सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, भीम आचार्य र टंक कार्कीको उम्मेदवारी परेको छ ।

केन्द्रीय समितिमा ८४ खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ । प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि सात जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश १ महिलामा तीन सदस्यका लागि चार जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

प्रतिक्रिया