टंक कार्कीले दिए सचिवमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको सचिवमा टंक कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । चितवनको सौराहामा जारी एमाले १०औं अधिवेशनमा सोमबार बिहान कार्कीले उम्मेदवारी दर्ता गराएका हुन्। उनी अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत सूचीमा अटाएका थिएनन् । कार्की ओलीले बनाएका केन्द्रीय कमिटीको सूचीमा समेत परेका छैनन् । उनी चीनका लागि पूर्व राजदूत हुन् । उनीसँगै सचिवमा उम्मेद्वारी दिनेको संख्या नौ पुगेको छ ।

प्रतिक्रिया