एमालेको अध्यक्षमा भीम रावलद्वारा उम्मेदवारी दर्ता

चितवन । यही मंसिर १० गतेबाट नेकपा (एमाले) को १०औँ महाधिवेशन सुरु भएको थियो । उक्त महाधिवेशनमा एमाले अध्यक्षमा केपी शर्मा ओली र डा. भीम रमवल भीड्दै छन् । सोही कार्यलाई निरन्तरता दिँदै अध्यक्षको लागि भीम रावलले आज उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला विष्टले समर्थन गरेकी छन् ।

सोमबार राति ओलीले आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी र केन्द्रीय कमिटी प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका थिए ।

महाधिवेश उद्घाटनअघि नै अध्यक्षमा उम्मेदवार दिने घोषणा गरेका रावलले सहमतिको प्रयास भए पनि चुनावी मैदानमै उत्रिएका हुन् । रावलको प्रतिस्पर्धा केपी ओलीसँग हुनेछ ।

प्रतिक्रिया