एमाले अध्यक्षका लागि भिड्दै ओली र रावल !

काठमाडौं । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । चितवनको सौराहमा जारी दशौं महाधिवेशनमा ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । तर ओलीको प्रस्ताव रावलले अस्वीकार गरेपछि नेतृत्त्वका लागि प्रतिस्पर्धा हुने भएको हो ।

ओलीले अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका भीम रावललाई सम्झाउन नसकिएको बताए । ‘उपाध्यक्ष बस्नु भनेँ, अध्यक्षमा लड्ने भन्नु’भो । सम्झाउन सकिएन । उपाध्यक्ष भएर काम गर्न आदेश दिएँ । मानिरहनु भएको छैन । उमेदवारी नदिन आग्रह गर्छाैं,’ ओलीले भने । जवाफमा रावलले आफू अब फर्कने अवस्थामा नरहेको बताए । आफू धेरै अघि बढिसकेकाले फर्किने अवस्था नरहेको उनले बताए ।

रावलले नमानेसँगै अब निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ । निर्वाचनको प्रक्रिया आज बिहान सुरु हुने भएको छ । रावलले आफ्नो अडान नछाडेपछि सर्वसम्मत बन्ने ओलीको चाहना पूरा नहुने देखिएको छ । विहान ९ देखि साढे ९ बजेसम्म उमेदवारी दर्ताको समय तोकिएको छ । यो अवधिमा उमेदवारी दर्ता गरेपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ ।

प्रतिक्रिया