एमाले १० औँ महाअधिवेशन : यी हुन् ओलीले प्रस्ताव गरेको एमाले पदाधिकारी

चितवन । नेकपा एमालेको १० औँ महाधिवेशनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको नाम प्रस्ताव गरेका छन् । उनले वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका छन् । सोमबार बिहान ओलीले बन्द सत्रमा सहमतिका आधारमा वरिष्ठ उपाध्यक्षमा पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका हुन् । यी दुई पदका लागि नेताहरुबीच विवाद थियो । यस्तै उपाध्यक्षमा सुवास नेम्वाङ, रामबहादुर थापा, विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेलाई प्रस्ताव गरिएको छ ।

यस्तै उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरिएको छ । सचिवमा टोपबहादुर रायमाझी, रघुविर महासेठ, छबिलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ठ र पद्मा अर्यालको नाम प्रस्ताव गरिएको छ ।

ओलीले पदाधिकारीको नाम प्रस्ताव गर्दा घनश्याम भुसाल, भीम आचार्य, गोकुल बाँस्कोटा, महेश बस्नेतको नाम अटाएको छैन । भुसालले उपाध्यक्षमा आकांक्षा देखाएका थिए भने आचार्य, बाँस्कोटा र बस्नेतले सचिवमा आकांक्षा देखाएका थिए ।

ओलीले प्रस्ताव गरेको एमाले पदाधिकारी

अध्यक्ष : केपि शर्मा ओली

वरिष्ठ उपाध्यक्ष : इश्वर पोखरेल

उपाध्यक्ष : युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ ।

महासचिव : शंकर पोखरेल

उपमहासचिव : प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल ।

सचिव : टोपबहादुर रायमाझी, रघुविर महाशेठ, छबिलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ठ, पद्मा अर्याल ।

प्रतिक्रिया