बागमती किनारमा महिलाको शव फेला

काठमाडौं । टेकुस्थित बागमती किनारमा एक महिलाको शव फेला परेको छ । पहिचान नभएकी करिव ३५ वर्षीया महिलाको शव बागमती किनारमा फेला परेको काठमाडौं प्रहरी परिसरका प्रहरी निरीक्षक अनिल अधिकारीले जानकारी दिए ।

शव करिव ३ दिन पहिलेको हुन सक्ने प्रहरीको अनुमान छ। पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । घटनाको थप अनुसन्धान गरिरहेको पनि परिसरले बताएको छ ।

प्रतिक्रिया