मणिग्राममा हिमालयन बैंकको शाखा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लुम्बिनी प्रदेश रुपन्देही जिल्लामा स्थित तिलोत्तमा नगरपालिका–०५, मणिग्राम चोक, मणिग्राममा शुक्रबार देखि मणिग्राम शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाहरुबाट सम्पुर्ण ग्राहक महानुभावहरुबलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउनेछन् । यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम संख्या १४६ पुगेको छ ।

प्रतिक्रिया