खोजखबर

कांग्रेस निर्वाचन समितिको संयोजकबाट यादवले दिए राजीनामा

सौर्य अनलाइन २०७८ मंसिर १२ गते १३:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् । यादवले दिएको राजीनामा स्विकृत गरी उनको जिम्मेवारी वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई दिइएको छ । यादवले स्वास्थ्यका कारण राजीनामा दिएको बताइएको छ । ‘उमेर पनि धेरै भयो। पार्टी महाधिवेशनका लागि धेरै खट्नुपर्छ । हामीले सल्लाह गरेर नै आराम गर्नुस भनेका हौं ।’ निर्वाचन समितिका सदस्य एगराज पोखरेलले भने।

यस अघिका संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएपछि यादवलाई उक्त पदको जिम्मेवारी दिइएको थियो । तल्लो तहको अधिवेशन हुँदा संस्थापन पक्षको आडमा एकतर्फी अधिवेशन गराएको आरोप पनि यादव माथि लागेको थिय ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय