स्याङ्जा र बाग्लुङमा महिन्द्राको सब–डिलर

काठमाडौं । महिन्द्रा फोर ह्वीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रालिले महिन्द्रा कम्पनीको सब–डिलर तथा बतास ब्रदर्स प्रालिका डिलर ऊँ नम शिवायः सर्भिसिङ सेन्टर, पुतलीबजार नगरपालिका–१ घुम्ती, स्याङ्जा र श्रेष्ठ मोटो पाटर््स, गलकोट, बाग्लुङमा सुचारु गरेको छ ।

ऊँ नम शिवायः सर्भिसिङ सेन्टरको उद्घाटन प्रमुख अतिथि उघोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, अग्नि ग्रुप काठमाडौंका प्रतिनिधि तथा स्पेयर पार्ट्स हेड युगल सिङ र अन्य माननीय अतिथिहरूद्वारा सामूहिक रूपमा गरिएको थियो । त्यस्तै, श्रेष्ठ मोटो पार्टसको उद्घाटन गलकोट, बाग्लुङ नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर विक, विशिष्ट अतिथि विभिन्न राजनीतिक पार्टीका स्थानीय प्रतिनिधिहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूका साथै अन्य अतिथिहरूले सामूहिक रूपमा गरेका थिए ।

‘नेटवर्क विस्तार गर्ने तथा धेरैभन्दा धेरै सेवाग्राहीमाझ उत्कृष्ट र सहज सेवाको पहुँच बढाउने हाम्रो योजनाका लागि यस सब–डिलरहरूको सञ्चालनले थप टेवा पु¥याउने अपेक्षा गरेको बालाजु अटो वर्कस प्रालिका लागि प्रदेश ४ का प्रोभिन्स म्यानेजर सन्तोष सुवेदीले बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया