लिडरमा हुनुपर्ने योग्यता

कोपिला पोख्रेल

लिडर बन्नको लागि तपार्इं निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनु पर्दैन । जो कोही परिवारको लिडर बन्न सक्छन् । आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो उदाहरणीय हुन्छ, निर्देशन र दिशा प्रदान गर्दछ । नेतृत्व गर्नु एक विशेष कला हो र यो कला सामान्य व्यक्तिभित्र भेट्न सकिन्न । यो अवश्य हो कि यदि कसैले धेरै मिहिनेत ग¥यो, र निरन्तर आपूmभित्र नेतृत्व गर्न सक्ने क्षमतालाई बढाउने प्रयत्न ग¥यो भने अवश्य पनि यो सम्भव छ । सही ढंगबाट जीवन व्यवस्थापन गर्न सक्नु पनि यस्तै व्यक्तिहरूबाट सम्भव हुन्छ, जो भित्र नेतृत्व गर्ने विशेष योग्यता हुन्छ ।

नेतृत्व कला जुनै व्यक्तिको Personality मा अत्यन्त महत्वपूर्ण र खास कुरा हुन्छ । एक सफल र सन्तुष्ट जीवन कसरी जिउने यो कुरामा पनि निर्भर हुन्छ कि के तपाईंभित्र सही नेतृत्वको क्षमता छ या छैन ? यो एक यस्तो योग्यता हो, जसले जब पूर्णता पाउँछ, तब तपाईंको व्यक्तित्व सही ढंगले विकसित भएको हुन्छ ।

अर्को शब्दमा यदि तपाईंले कसैलाई आपूmसँग सही ढंगले सही ठाउँमा लिएर जान सक्नुहुन्छ, उसको मार्गदर्शक बन्न सक्नुहुन्छ र असल कार्य गर्नका लागि प्रेरित गर्न सक्नुहुन्छ भने तपाईं एक असल लिडर हो । जीवनमा अगाडि बढ्न होस या देश विकास गर्नका लागि कठिन परिस्थितिसँग सामना गर्नका लागि तपाईंमा नेतृत्व क्षमता हुन जरूरी छ । यसैले यदि तपाईं एक सफल लिडर बन्न चाहानुहुन्छ भने तपाईंले यी गुणहरू जान्नैपर्ने हुन्छ ।

१.सही निर्णय लिने क्षमता : एक राम्रो Leader सँग तत्काल र सही निर्णय लिने क्षमता हुनुपर्छ । किनकि जो व्यक्ति आफ्नो निर्णयलाइ पटकपटक बदलिरहन्छ, उसको निष्पक्षता र इमानदारी सधैँ शंकास्पद रहन्छ । यदि कुनै गलत निर्णयबाट नकारात्मक परिणाम आयो भने न केवल टिमको मनोबल टुटछ, उनीहरूलाई तपाईंको नेतृत्व क्षमतामा पनि शंका हुन सक्छ ।

२.बोल्ने शैली र व्यक्तित्व : भनिन्छ बोली नै मानिसहरूमा प्रभाव जमाउने सबैभन्दा उत्तम तरिका हो । नेपाली उखान अनुसार बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन भने जस्तै एक असल लिडरमा सही ढंगले सही शब्दको छनौट गरी बोल्न सक्ने क्षमता हुनु पर्दछ । लिडरले कहाँ कुन शीर्षकमा र कसरी बोल्दैछु भन्ने कुराको सधैं ख्याल राख्नुपर्दछ किनकि नेतृत्वको सुरुआत नै बोलीबाट हुने गर्दछ ।

३.दूरदर्शी : एक प्रभावकारी र सफल लिडर बन्नको निम्ति एक अहं शर्त छ, पछिका कुरालाइ समेत विश्लेषण गर्न सक्ने क्षमता हुनै पर्छ । यस्तो व्यक्ति आफ्नो अदभुत कल्पनाशक्ति र बुद्धिमत्ताको सहायताले पहिला नै भविष्यलाई योजनाबद्ध गर्न सक्दछ । भिजन भएको Leader सँग प्रत्येक कार्यका लागि एक स्पष्ट योजना त हुन्छ नै, पहिलो योजनाले काम नगरेको अवस्थामा एक जगेडा योजना पनि सधैँ तयार हुनुपर्दछ । जसले ती थोरै समयमा नै आफ्नो इच्छित लक्ष्य हासिल गर्न सक्छन्, ती केवल अनुमानको आधारमा कुनै पनि काम गर्दैनन् । थोमस कार्लिलको अनुसार ‘अन्तरदृष्टीबिना नै काम गर्नुले अधिक भयानक असफलात प्राप्त हुन्छ ।’ यसैले एक सफल Leader बन्नको लागि कार्यको योजना बनाउनु र योजना अनुसार कार्य गर्नु धेरै जरूरी छ । लिडरमा आज गरेको कामको असर भोलिको लागि कस्तो हुन्छ ? आजको कामले भोलिलाई कति फाइदा हुन्छ यस्ता कुराको अनुमान गर्न सक्ने क्षमता हुनु पर्दछ ।

४. आत्मविश्वास अनि आशावादीः एक सफल Leader भित्र आत्मविश्वास अनि आशावादी हुनुपर्छ, किनकि आफ्नो क्षमतामा थोरै पनि, मैले गर्न सक्दिनँ भन्ने खालको विचारले कुनै पनि व्यक्तिलाई सफल हुन दिँदैन । जो व्यक्तिमा आत्मविश्वास भरपूर छ र निडर हुन्छ उसलाई कुनै पनि कुरामा नेतृत्व गर्न मुस्किल हुँदैन । आत्मविश्वास नभएका Leader लाई उसको अधिनमा कार्य गर्नेले लामो समयसम्म लिडरको रूपमा समर्थन गर्दैनन् । आत्म–विश्वासबाट भरिएको लिडरले आफ्नो टिममा पनि आत्मविश्वास जगाइदिन्छन् र तिनलाई आफ्नो लक्ष्य हासिल गर्नका लागि उत्प्रेरित गर्छन् । एक आत्मविश्वास भएको लिडर नै वास्तवमा एक उच्च आशावादी व्यक्ति हुन सक्छन् ।

५. विश्वसनीयता : मान्छेहरू त्यही व्यक्तिको आदेशमा हिँड्न रुचाउँछन् र हिँडछन्, जसको भनाइ र गराइमा कुनै अन्तर नहोस् । यदि तपाईं स्वयं नै कामप्रति वफादार हुनुहुन्न भने त यस कुरालाई अपेक्षा नै नगर्नु कि अरूले आफ्नो नेतृत्वलाई अरूले स्वीकार गर्लान् । तपाईंको सरल, स्पष्टवादी, दृढ र यथार्थवादी सोच राखेर इमानदार व्यक्ति बन्ने प्रयास गर्नुहोस् ।

६. इमानदारी : दुनियाँका हरेक व्यक्तिमा केही न केही विशेष क्षमता हुन्छ तर इमानदारी जोसँग हुन्छ त्यो व्यक्तिलाई विश्वास गर्ने र पछ्याउने व्यक्ति धेरै हुन्छन् उसको समाजमा अलग्गै पहिचान हुन्छ । इमानदारीले तपाईंको विश्वसनीयता बढाउँछ । जब तपाईं सबैले बिश्वास गर्न लायक बन्नुहुन्छ तव मात्र तपाईं एक असल लिडर बन्नुहुन्छ । त्यसैले यदी तपाईंलाई लिडर बन्नुछ भने सधैँ इमानदारीलाई हतियार बनाउनुहोस् ।

७. साहसी : सत्यसँग नभाग्नु र शक्तिसँग नडराउनु एक साहसी व्यक्तिको परिचय हो । साहसी बन्नु एक सफल लिडरको लागि आवश्यक गुण हो । साहसी हुनु को अर्थ हो, डरलाइ जित्नु, कठिन परिस्थितिको डटेर सामना गर्नु । हामीले मनमा यो राख्नुपर्छ कि विनासाहस हामीले कुनै पनि कार्यलाई सफल बनाउन सकिन्न । हामी दयालु, इमानदार, उदार या सत्यवादी केही पनि बन्न सकिन्न । एक Leader मा बुद्धिमता र साहससँग प्रतिकूल परिस्थितिलाइ सामना गर्नमा सक्षम हुनुपर्छ । चुनौतीलाइ स्वीकार गर्नुपर्छ र कठोर परिश्रम गर्ने हुनुपर्छ । यो ध्यानमा राख्नुहोला कि एक दृढअठोट लिएर हिँड्ने मान्छे इतिहास कोर्न र परिवर्तन गर्न सक्छ । एक राम्रो लिडरले ठूलोभन्दा ठूलो समस्याको बीच पनि सन्तुलित, संकल्पित र सहनशील बनि रहन सक्नुपर्छ ।

८. जिम्मेवारी वहन गर्नसक्नु : जिम्मेवारी वहन गर्नसक्नु एक लिडरमा हुनुपर्ने महत्वपूर्ण गुण हो । तपाईं आफ्नो कार्यप्रति जिम्मेवार हुनुका साथसाथै, आफ्नो अधिनमा काम गर्नेहरूको गल्ती र असफलताको लागि पनि जिम्मेवार बन्न सक्नुपर्दछ । यदि तपाईं यस्तो गर्नुहुन्न भने तपाईं कहिल्यै पनि आफ्नो टिमको विश्वासलाइ जित्न सक्नुहुन्न र यसका लागि तपाईंसँग जिम्मेवारी स्वीकार गर्नको निम्ति साहस र दायित्वबोध हुनुपर्छ ।

९. विनम्र अनि शालीन व्यवहार : एक टुक्का छ ‘बोलीबाट नै मान्छेले साथी र दुश्मन बनाउछ ।’ महान मानिसको पहिलो पहिचान उसको विनम्रता नै हो । यदि तपाईं मिलनसार र सजिलै उपलब्ध हुने व्यक्ति हुनुहुन्छ भने आफ्नो समर्थकहरूमा आशा, विश्वास र जोश भर्न सफल हुनुहुन्छ । अनि ती व्यक्तिहरू बीच तपाईंको छबि पनि राम्रो हुन्छ । यो संसारमा प्रत्येक व्यक्ति, प्रशंसा र सम्मान को भोको छ । यदि तपाईं कुनै व्यक्तिसँग विनम्रताले कुराकानी गर्नुहुन्छ र तपाईंको व्यवहार पनि शालीन छ भने तपाईं हरेक विषयमा उनीहरूको सहज स्वीकृति हासिल गर्न सक्नुहुन्छ ।

१०.उत्साही र परिश्रमी स्वभाव : यो दुनियाँमा जति पनि सफल लिडर भएका छन्, र जसले असम्भवलाई सम्भवमा बदलेका छन्, ती सबैमा एक प्रमुख गुण थियो र ती हुन् उत्साह र परिश्रमी स्वभाव । ध्यान रहोस्, कार्य उत्साह र परिश्रमबाट नै सिद्ध हुन्छ, मनोरथ मात्रले होइन । नार्मन कजिन भन्छन्, ‘जीवनको सबैभन्दा ठूलो क्षति मृत्यु होइन, साच्चै भन्ने हो भने सबैभन्दा ठूलो क्षति त त्यो हो जो हामीभित्र नै मरेर जान्छ,’ अर्थात आलस्यको पैदा हुनु । त्यसैले एक असल लिडर धेरै मिहिनेती हुनुपर्छ । जो व्यक्ति कामलाई पूजा मान्छ केवल उसले नै आपूmलाई पच्छ्याउनेहरूलाई राम्रो काम गर्नका लागि प्रेरित गर्न सक्छ ।

११.संयमता र अनुशासित : एक राम्रो लिडरमा आफ्नो व्यवहार र आफ्नो बोलीमा पूरा नियन्त्रण हुनुपर्छ । जो व्यक्ति आफ्नो व्यवहार, वाणी अनि कार्यलाई जिम्मेवार र अपेक्षित गरिए अनुसार नियन्त्रणमा राख्न सक्दैन, ऊ अरूलाई सही नेतृत्व पनि दिन सक्दैन, किनकि उसको मर्यादारहित व्यवहारबाट उसको अधिनमा काम गर्नेहरू पनि मनोमानी गर्न थाल्दछन् । यसैले आफैंमा आत्म–नियन्त्रण राख्नुले नै, एक Leader आफ्नो अधिनमा रहेका सबै व्यक्तिहरूलाई सही मार्ग निर्देशन गर्न सक्छ ।

१२. धैर्यवान र सहनशील स्वभाव : जीवन सधैं मान्छेको इच्छा अनुसार हुँदैन । कठिन परिस्थिति र घटनाक्रम जीवनमा पटकपटक आइराख्छन् । जब तीनलाई नियन्त्रणमा राख्न धेरै कठिन हुन्छ, तब व्यक्ति हार मान्न थाल्दछन् । तर लिडर बन्न चाहनेले यस्तो परिस्थितिको सामना गर्न सक्नुपर्दछ । यस्तो स्थितिमा लिडरले धैर्यवान र सहनशील बनेर कठिन परिस्थितिको सामना गर्न सक्नु पर्दछ । धैर्यवान व्यक्तिहरूले नै मुस्किल परिस्थितिसँग सामना गर्न सक्छन् र बाधा अड्चनलाई हटाउँदै आफ्नो लक्ष्य हासिल गर्न सक्छन् ।

१३. उदार वा सहानुभूतिपूर्ण सोच : उदारता भनेको मानवभित्र हुने एक ईश्वरीय सद्गुण हो । अरूमाथि उदारता देखाउने व्यक्तिले अरू मान्छेहरूको सहयोग सजिलैसँग पाउन सक्छ । अरूमाथि दया र सहयोगको भावना देखाउनाले अन्य व्यक्तिहरू बीच लोकप्रिय बन्न सकिन्छ जसले गर्दा तपाईंलाइ एक असल लिडर बन्न थप सहयोग हुन्छ । एक प्रभावकारी लिडर बन्नको लागि व्यक्तित्वमा उदारता धेरै आवश्यक छ ।

प्रतिक्रिया