प्रदेश २ लाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं । नेपाल एपिएफ क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । एपिएफले पहिलो सेमिफाइनलमा प्रदेश २ लाई १४ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १३ बनायो । एपिएफका युवा अलराउन्डर दीपक बोहराले ३१ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४० रन बनाए । एपिएफका रित गौतम, आसिफ शेख र सुमित महर्जन ५(५ रनमा आउट भए । पुरन विक १८ र अमर सिंह राउटेला १३ रन बनाए ।

प्रदेश २ का रुपेश सिंहले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ३ विकेट लिए । सुरज कुर्मीले २, विशाल शुश्लिङ र कुमार थापाले १(१ विकेट लिए । जवाफी ब्याटिङ थालेको प्रदेश २ ले २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनायो । प्रदेश २ का विशाल शुश्लिङले ५५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ४० रनमा अविजित रहे ।

अन्य ब्याटर चल्न नसक्दा पराजित हुन पुग्यो । हासिम अन्सारी ३, सुरज कुर्मी ९, रवि सिंह ६ र असाब हुसैनले १४ रन बनाए । एपिएफका विपिन खत्री र अमर सिंह राउटेलाले २–२ विकेट लिए । किशोर महतो, दीपक बोहरा र भुवन कार्कीले १–१ विकेट लिए । उपाधिका लागि एपिएफले आर्मीसँग शनिबार खेल्नेछ ।

प्रतिक्रिया