सहमति नभएका ठाउँमा निर्वाचन हुन्छ : ओली

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशनबाट सहमतिमा नेतृत्व चयनको पहल गरिएको बताउँदै सहमति नभएका ठाउँमा निर्वाचन हुने बताएका छन् ।

चितवनको सौराहामा जारी एमाले महाधिवेशनको बन्दसत्र हलले सहमतिमा नेतृत्व चयनका लागि भन्दै उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने निर्णय गरेको थियो ।

त्यसलगत्तै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलले आफू उम्मेदवारीमा अडिग रहेको र हलको निर्णय मान्य नहुने बताएका थिए । त्यसपछि ओलीले उठेका प्रश्नको जवाफ दिँदै सहमति हुने ठाउँमा सहमतिबाट टुंगो लगाउने र सहमति हुन नसकेको ठाउँमा निर्वाचन हुने बताए ।

प्रतिक्रिया