अब शेरबहादुर देउवा र रामचन्द्र पौडेलले विश्राम लिनुपर्छ : गगन थापा

काठमाडौं । कांग्रेस नेता गगनकुमार थापा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलले विश्राम लिनुपर्ने बताएका छन्। कांग्रेस काठमाडौंका सभापति पदका उम्मेदवार कृष्ण (सबुज) बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उनले पार्टीमा नयाँ नेतृत्व चाहिएको बताएका हुन्। उनले भने, ‘पार्टीमा दुवै जना(शेरबहादुर देउवा र रामचन्द्र पौडेल)ले विश्राम लिनुपर्छ। पार्टीमा नयाँ नेतृत्व चाहिएको छ।’

थापाले एमालेको महाधिवेशनलाई लक्षित गर्दै चितवनमा ओलीवेशन भएको टिप्पणी गरेका छन्। ‘यो अधिवेशन हो, त्यो ओलीवेशन हो। त्यहाँ कोहि लडेको छ, कोहि ढलेको छ। कहिँ कुस्ती भएको छ। जहाँ मत हुन्छ त्यहाँ मतभेद हुन्छ। ’उनले भने, ‘नारायणी किनारमा अधिवेशन भइरहेको छ। कसले ओली बा’को पाउमा तेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको छ।’ उनले मत हुने पार्टीमा मतभेद हुनु सामान्य भएको भन्दै विवेकपूर्ण ढङ्गले नेतृत्व छान्न आग्रह गरे ।

प्रतिक्रिया