कांग्रेस काठमाडौंकाे लागि प्रकाशमान–गगनकाे संयुक्त प्यानल घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला समितिका लागि प्रकाशमान सिंह र गगन थापाको संयुक्त प्यानल घोषणा भएको छ । सिंह र थापा समूहबाट वर्तमान सभापति कृष्ण (सबुज) बानियाँलाई निरन्तरता दिने भएको छ । यस्तै उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी उम्मेदवार बन्ने भएका छन् ।

आज घोषणा भएको सिंह-थापा समूहबाट सचिवमा इन्द्र थापा र गोविन्द पुडासैनीले उम्मेदवारी दिने भएका हुन् । यस्तै सहसचिवमा प्रा.डा. अमिता प्रधान र रोमेल श्रेष्ठलाई अघि बढाइएको छ ।

काठमाडौं जिल्लामा आज मनोनयन दर्ता जारी छ । भोलि बिहान ८ बजे जिल्ला अधिवेशनको उद्घाटन राष्ट्रिय सभागृहमा हुनेछ । भोलि १० बजेबाट मतदान प्रक्रिया सुरु हुनेछ । यसअघि जिल्ला अधिवेशनका लागि संस्थापन टिमले कृष्ण सिटौला समूहसँग मिलेर उपेन्द्र कार्कीलाई सभापतिको रूपमा अघि बढाएको छ ।

प्रतिक्रिया