एमाले महाधिवेशनमा नेता होटेलमा टहलिँदै, कार्यकर्ता नारायणी किनारमा

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशन (आज) शुक्रबारबाट चितवनमा सुरु हुँदै छ । देशका विभिन्न क्षेत्रमा सहभागी हुन नेता कार्यकर्ता महाधिवेशनस्थल नारायणी नदी किनारमा जम्मा हुँदै छन् ।

महाधिवेशनमा सहभागी हुन चितवन पुगेका नेताहरु आज बिहान होटेलको प्राङ्गणमा टहलिँदै गर्दा कार्यकर्ता भने महाधिवेशनस्थल नदी किनारमा जम्मा भइरहेका छन् ।

महाधिवेशनको उद्घाटन सत्र सुरू हुनै लाग्दा अध्यक्ष केपी ओलीनिकटका रूपमा चिनिएका पृृथ्वीसुब्बा गुरूङ, विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, रघुविर महासेठ, ईश्वर पोखरेल, महेश बस्नेत, दुर्गा प्रसाईं, बच्चन सिंहलगायतका नेता होटेलमा टहलिँदै गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका विभिन्न राजनीतिक दलका उच्चस्तरीय नेताहरुलाई महाधिवेशनमा निमन्त्रणा गरेका छन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि कार्यक्रममा आज सहभागी भएर सम्बोधन गर्नेछन् । भारतलगायत देशबाट पनि उच्चस्तरीय नेताहरु सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया