एमालेको स्वागतद्वार ढल्यो

चितवन । एमालेको आज अपरान्हदेखि चितवनमा शुरु हुन लागेको दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्मित एउटा स्वागतद्वार ढलेको छ । हिजो साँझ ढलेको उक्त गेटका कारण राति अबेरसम्म चितवनको यातायात अवरुद्ध भएको थियो ।

नारायगणघाटको नारायणी किनारमा उद्घाटन र सौराहामा बन्द सत्र हुने एमाले महाधिवेशनको स्वागतद्वार अकस्मात ढलेको हो । औपचारिक रुपमा उद्घाटन अघि नै सौराहाको हात्तीचोकमा बनाइएको सहायक स्वागतद्वार भत्किनुको कारण हतारको कमजोर काम हुनसक्ने बताइन्छ ।

प्रतिक्रिया